संविधान दिवसमा लगाउने टि–सर्टका नमूना सार्वजनिक

भदौ २२, काठमाडौँ । संविधान दिवस भब्य रूपमा मनाउने बताएको सरकारले राष्ट्रिय झण्डा अंकित टि–सर्टका नमूना सार्वजनिक गरेको छ । संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको तयारी छ।

राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टि–सर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टि–सर्टका नमूना सार्वजनिक गरेको हो । गृहले सार्वजनिक गरेको टि–सर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ। टि–सर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् भने एउटामा भने सबैतिर सेतो रङको मात्रै छ।

गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनाअनुसार राष्ट्रिय झण्डा अंकित टि–सर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ। यस्तै गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.