बिजया दशमी टिकाको समय सार्वजनिक

भदौ २२, काठमाडौँ । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए।

समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ। यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.