राजधानीको धुम्बराहीमा रक्तदान

भदौ २१, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ को धुम्बराहीमा ३० जना भन्दा बढिले रक्तदान गरेका छन।

धुम्रबराही  क्लब र लाइन्स क्लब  अफ काठमाडौ बाराह ग्रुपले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना भन्दा बढिले रक्तदान गरेका हुन । कार्यक्रममा चार नम्बर वडा अध्यक्ष मोहनबहादुर विष्टले रक्तदान नै जीवन दान भएकाले एक पटक रगत दान गर्न आग्रह गरे । क्लबका अध्यक्ष जुनकाजी प्रजापतिले रगतको अभाव हुन नदिन बर्सेनि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

“रक्तदानसँगै अन्य रचनात्मक काम गर्दै आएका छौ,” उनले भने, “रगत दान नै मानव धर्म हो ।” क्लबले सरसफाइ, ट्राफिक सप्ताह,विद्यार्थीलाई साइबर क्राइमबारे सचेत गराउने लगायतका काम गर्दै आएको सदस्य मनोजकुमार दाहलले बताए । कार्यक्रममा वडा सदस्य दिनेश महर्जन र सरु अधिकारीको पनि उपस्थिति थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.