भदौ २०, कैलाली । २५ लाख अवैध नेपाली रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । उनको साथबाट तीन लाख भारतीय रकमसमेत बरामद भएको छ ।
भारतबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै आउन लागेका अतुल बर्माको साथबाट रकम बरामद गरिएको कैलाली प्रहरीका प्रमुख एसपी सुदिप गिरीले बताए । बर्मा भारत पलिया खिरि घर भई कैलाली धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए । उनले सो रकम गाडीको आगाडिको भागमा बायाँ ढोकामा रहेका नटबोल्ट खोली भित्र लुकाएर राखेका थिए । एसपी गिरीका अनुसार भारतीय नागरिक बर्मा यूपी ३१ एके ७३४८ नम्बर कारमा सवार थिए । बर्मासँग विभिन्न ६ वटा बैंकका एटिएम कार्डसमेत बरामद भएको एसपी गिरीले बताए ।

