मेलम्ची खानेपानीका मजदुर र प्रहरीवीच झडपः दुई जना घाईते

भदौ २०, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालीयन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलमा उत्रिएका व्यवसायी र मजदुरमाथि सशस्त्र प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ।

आन्दोलनका क्रममा आयोजनाको मुहान क्षेत्र अम्बाथान जान लागेका प्रदर्शनकारीमाथि बिहीबार दिउँसो मुहानको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको हो। आयोजनाको ड्याममा निर्माणको काम गरिरहेको श्रेष्ठ कस्ट्रक्सनले सीएमसीले भाडामा लिएको निर्माण उपकरण प्रयोग गरेको शंका गरी प्रदर्शनकारी मुहान क्षेत्र जानलाग्दा सुरक्षाकर्मीले रोकेका थिए। आफूहरुले भाडामा दिएको सामान अर्को कम्पनीले प्रयोग गर्न नपाउने नियम उल्लंघन भएको भन्दै हेर्न जान पाउनुपर्ने प्रदर्शनकारीको माग थियो।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि मुहान सुरक्षार्थ मद्दतमा आएको सशस्त्र प्रहरीले आठ राउण्ड अश्रुग्यास फायर गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए। अश्रुग्याससँगै रबरको गोली प्रहार गरेको आन्दोलनकारीको दाबी छ। सशस्त्र प्रहरीले प्रहार गरेको रबरको गोलीले दुई प्रदर्शनकारीको हातमा चोट लागेको मेलम्चीपीडित संघर्ष समितिका सदस्य तथा आपूर्तिकर्ता उत्तरकुमार श्रेष्ठले बताए।

इटालीयन कम्पनीले मेसिन उपकरण भाडामा दिने, निर्माण सामाग्री आपूर्ति गर्ने व्यवसायी एवम् कर्मचारी र मजदुरलाई भुक्तानी नदिई नौ महिनाअघि एकतर्फी ठेक्का तोडेर गएको थियो। इटालीयन कम्पनी फर्किएदेखि नै व्यवसायीले पाउनु पर्ने भुक्तानी आयोजनाले उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन्। इटालीयन कम्पनीले कर्मचारी, व्यवसायी र पेटी ठेक्का पाउने कम्पनीलाई गरी एक अरब ६७ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले जनाएको छ।

मेलम्ची खानेपानीका मजदुर र प्रहरीवीच झडपः दुई जना घाईते

मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालीयन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलमा उत्रिएका व्यवसायी र मजदुरमाथि सशस्त्र प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ। #भिडियो स्रोत सामाजिक सञ्जाल

Posted by Prarambha Khabar on Friday, September 6, 2019

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.