मानव बेचविखन र जघन्य अपराधविरुद्ध सरकार सक्रियः गृहमन्त्री

भदौ २०, काठमाडौं । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानव बेचविखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको बताएका छन् । शुक्रबार (आज) काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सो कुरा बताएका हुन् । उनले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको बताए । नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको गृहमन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढ्दै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् । गरिबी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढ्दै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागिसमाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पर्नेमा मन्त्री थापाको जोड थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.