दक्षिण कोरियाविरुद्ध स्वीडेनले पेनाल्टीमार्फत १–० गोलको संघर्षपूर्ण जित

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा स्वीडेनले जित हात पारेको छ । दक्षिण कोरियाविरुद्ध स्वीडेनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको संघर्षपूर्ण जित निकालेको हो ।

खेलको ६५औं मिनेटमा दक्षिण कोरियाका खेलाडीले स्वीडेनका खेलाडीलाई आफ्नो डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट स्वीडेनका आन्ड्रेयस ग्रान्कभिष्टले गोल गर्दै १–० गोलको जित दिलाएका हुन् । दक्षिण कोरियाले अन्तिम समयमा निकै आक्रमक खेलेको थियो । १–० गोलको पछि रहेको दक्षिण कोरियाले पटक–पटक गोल गर्ने प्रयास गरेपनि सफल हुन भने सकेन ।

यसअघि पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा आक्रमक खेलेको दक्षिण कोरियाले पहिलो हाफको मध्य समयदेखि राम्रो खेल्न सकेन । स्वीडेनले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न भने असफल भएको थियो । जितसँगै स्वीडेनको पनि ३ अंक भएको छ । आइतबार भएको खेलमा मेक्सिकोले जर्मनीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । पराजित विश्वविजेता जर्मनी र दक्षिण कोरिया भने पहिलो खेलबाट अंक विहीन बनेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.