डेंगु नियन्त्रण गर्न अभियान, प्रत्येक टोललाई ५ हजार रुपैयाँ

भदौ २०, चितवन । चितवनमा पछिल्लो सयम डेंगुको संक्रमण दिन प्रतिदिन बड्दै जान थालेको छ । बिशेष गरेर असोज तथा कार्तिक महिनामा ठुलै महामारिको रुपमा देखा पर्ने यो रोग चितवन सहितका ४२ जिल्लामा भने तीव्र रुपमा फैलिएको छ ।

पछिल्लो तथ्याङकलाई हेर्दा चितवनमा ६ सय भन्दा बढी डेंगु संक्रमित बिरामी फेला परिसकेका छन । यसरी ठुलो मात्रामा देखा पर्न थालेको डेंगु रोगलाई बेलैमा नियन्त्रण नगरिने हो भने महामारिको रुप लिने संकेत देखिएको छ ।

यसरी दिन प्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणको लागि स्थानीय तह समेत सक्रिय बनेका छन । डेंगुको संक्रमण रोक्न कालिका नगरपालिकाले लामखुट्टे खोजी र नष्ट गर्ने अभियाननै सुरु गरेको छ ।

नगरपालिकाले टोल विकास संस्थाहरुलाई सक्रिय रुपमा खटिएर लामखुट्टेको वासस्थान खोजी र नष्ट गर्न प्रत्येम टोललाई नगद ५ हजार रुपैँया दिने भएको छ । चितवनमा हालसम्म २ हजार १ सय ६८ जनाको परिक्षण गरिएकोमा ६ सय ८० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

कालिका नगरपालिकामा मात्रै ८ जनामा डेंगु देखिएपछि नगरपालिकाले लामखुट्टे वासस्थान खोजी र नष्ट गर्ने अभियान सुरु गर्न बिहिबार जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्षहरु , शिक्षक र सरोकारवालाहरुलाई डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण दिएको हो ।

नगरपालिकाले दुईवटा विद्यालयको समूह र टोल विकास संस्थाको समूह गरि दुई समूह बनाएर डेंगु नियन्त्रणमा लागेको नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । विद्यालय समूहले जनचेतनामूलक कार्यक्रम गर्ने र टोल विकास संस्थाको समूहले टोल टोलमा लामखुट्टेमको वासस्थान खोजी र नष्ट गर्ने मेयर श्रेष्ठले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले डेंगुको लक्षण, डेंगुको रोकथाम गर्ने उपाय र लामखुट्टेको वासस्थान पहिचान गरि नष्ट गर्ने बारेमा जानकारी दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.