‘रअ’ले नेपालको अस्मिता माथि हमला ग¥यो– अध्यक्ष थापा

भदौ १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्र हटाउन ‘रअ’ले खेलेको भूमिकाबारे छानविन हुनु पर्ने बताएका छन । उनले नेपालका राजनीतिक दलका नेताहरुलाई ‘रअ’ले प्रयोग गर्दै राजतन्त्र हटाएको आरोप लगाए ।

विहिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालको अस्मिता माथि हमला बोलेको आरोप लगाए । उनले भने, ‘यो सामान्य विषय हुँदै होइन।’, ‘यस विषयमा सर्वदलीय उच्चस्तरीय संसदीय छानविन समिति गठन गरी सत्य(तत्थ्य पत्ता लगाउनु पर्छ।’ एउटा विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा निर्णायक भूमिका खेल्नु नेपालको अस्मिता माथि गम्भिर प्रहार भएको थापाको टिप्पणी थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.