खतराबाट मुक्त हुन सबै मिलेर ‘एक्सन’ मा लाग्नुपर्छ – अध्यक्ष दाहाल

भदौ १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक ठूला क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहेको अब सबै मिलेर ‘एक्सन’ मा लाग्नुपर्ने बताएका छन् ।

विहीवार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषय कार्यक्रममा प्रचण्डले जनअपेक्षा अनुसार काम नभए प्रतिक्रियावादीले रियाक्सन गर्ने बताएका हुन् । देशमा भएको परिवर्तनमाथि प्रश्न उठाउने तत्वहरु टाउको उठाउन खोजिरहेका भन्दै प्रचण्डले भने, ‘हामी राजनीतिक नेतृत्व र सरकारले अव जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरियो भने अर्कोले रियाक्सन गर्छ।’

जनतालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउंदै उनले भने‘ सत्ताच्यूत गरिएका केही मानिसले समाजमा फैलाउन खोजेका भ्रमका बारेमा हामीले बोल्नुपर्छ भनेर हामीले केही पहिला सर्वदलीय बैठक समेत राख्यौं र यसमा हामी एक ठाउँमा छौं भन्ने सन्देश दिएका छौं ।’ प्रचण्डले विकास निर्माण, संविधान कार्यान्वय लगायतका काम छिटोभन्दा छिटो गर्दै अघि बढ्नुपर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.