भदौ १९, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु भएको पुष्टी भएपछि बुधबार नै अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको हो। एक्कासी ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल पुल्चोकस्थित निदान हस्पिटल पुगेका थिए । निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज अस्पतालमा रगत परीक्षणका लागि रेफर गरेको थियो।
अहिले देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।

