प्रारम्भ खबर ।
भदौ १८, काठमाडौँ । द भ्वाईस अफ नेपालका प्रतियोगी शुशील गर्तौलाको पहिलो गीत ‘पहिलो यो माया’ सार्वजनिक भएको छ ।
गायक गर्तौलाको सुन्दर स्वरमा सजिएको यस गीतमा लय÷शब्द संगीत दानबहादुर गोपाली र श्री केसीको रहेको छ भने गीतमा एरेन्ज रिदम कडेलले गरेका हुन् ।
गीतमा भिडियो बने सिर्जना भएको छ । सो गीतको म्युजिक भिडियोमा मोडल शेखर सुवेदी र समिक्षा पोखरेलको अभिनय रहेको छ । प्रकाश धितालको निर्देशनमा रहेको भिडियोको छायाँकन भने उत्सव दाहाल र सम्पादन विकास दाहालको गरेका छन् । भिडियोको कोरियाग्राफी सन्तोष राजवहकले निकै मेहनतीका साथ कलाकारलाई अभिनयमा उतारेका छन् ।

