कावुलमा बम विष्फोट, दुई नेपालीसहित १६ को मृत्यु

भदौ १८, कावुल । अफगानिस्तानको काबुलमा सोमबार राति भएको बम बिस्फोटमा दुई जना नेपाली समेत मृत्यु भएको छ ।

आत्मघाती बिस्फोटमा १६ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन । समाचार एजेन्सी एपीका अनुसार मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षामा खटिएका थिए । मृत्यु हुनेमा १२ जना अफगानी र दुई जना अर्को देशका सुरक्षागार्ड छन ।

घाइते हुनेमा भने कोही नेपाली परेका छैनन । बाहिरी पोष्टमा बम बिस्फोट गराएर चार।पाँच जना आतंकवादी भित्र पसेर अन्धाधुन्ध गोली चलाएका थिए । मृत्यु भएको नेपालीको पहिचान खुल्न बाँकी रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.