कपिलवस्तुकाे २ सय बिगहा भू-भाग डुबानमा

भदौ १७, कपिलवस्त । भारतले बनाएको बजहा बाँधले नेपाली भू-भागको २ सय बिगहा खेती योज्ञ जमिन डुबानमा परेको छ । पछिल्लो साताको बर्षाका कारण बजहा तालमा पानी भरिँदा नेपाल तर्फको मायादेवी गाँउपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाउँ नजिकको २ सय बिगहा धानखेती डुबानमा परेको हो ।

भारतीय पक्षले सिंचाईका लागि ५ सय हेक्टरमा फैलिएको बजहा तालमा तटबन्ध सहितका ढोका राखेको थियो । भारतले बनाएको २७ ढोके बाँधको ढोकाहरु नखोल्दा नेपाली भू-भाग डुबानमा परेको हो । आफुहरुले बर्षौ देखि डुबानको समस्या भोग्दै आए पनि कहि कतै समस्या समाधान हुन नसकेपछि बाँध कुर्ने कामदारलाई धान चामल दिएर समय समयमा बाँधको ढोका खोलाउने गरेको स्थानीयले बताए ।

केहि बर्षअघि भारतको बजहा, सिसवा, मझौली र महली सागर तालमा एकतर्फि रुपमा लगाईएको बाँधकै कारण नेपाल तर्फका मायादेवी गाँउपालिका र यशोधरा गाँउपालिकाका बिभिन्न स्थानमा रहेको धान खेती डुबानमा पर्दै आएका छन ।

सिँचाई अभावका बेला पानी नपाउने र बर्षाका बेला डुबान भोग्नु पर्ने समस्याको स्थाई समाधान हुनु पर्ने स्थानीयको माग रहँदै आएको छ । सिमा क्षेत्रका नागरिकको खेती योज्ञ जमिन डुबानमा परेको बिषयमा तत्कालिन समाधान भन्दा पनि दिर्घकालिन समस्या समाधानका लागि आफुले पहल गर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.