भदौ १७, वीरगञ्ज । आमा-बुबाले गाली गरेको कारण पर्सामा १४ बर्षीय किशोरले आत्महत्या गरेका छन ।
वीरगञ्ज महानगरपालिका वडा नं २० का नविलाल प्रसादका छोरा गोविन्दप्रसाद चौरसियाले आमा-बुवाले गाली गरेको कारण देखाउँदै झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरमा प्रयोग भएको बाँसमा छोरो पासो लागेर झुण्डिएको अवस्थामा भेटेपछि बुवा नविलालले उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याएका थिए ।
तर अस्पताल पुर्याएको केही समयमै गोविन्दलाई डाक्टरहरुले मृत घोषणा गरेका छन । मृतकको पोष्टमार्टम गरी शव परिवारलाई बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

