वडा अध्यक्ष चढ्ने माेटरसाइकलमा आगजनी

भदौ १७, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ७ को बाइकमा आगलागी भएको छ । लु १ प १६८८ नम्बरको बाईकमा गए राती आगजनी भएको हो ।

वडा अध्यक्ष शोभाकर पाण्डेले उक्त बाईक प्रयोग गर्दै आएका थिए । बाइकमा राति अागजनी भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक प्रकाश बिष्टले जानकारी दिए । ‘बाईक जलाउने व्याक्तिहरुको खोजी कार्य अगाडि बढाएका छौँ । अनुसन्धानबाट छिटै पत्ता लगाउने छौ,’ वडा अध्यक्ष शोभाकर पाण्डेले भने । उनले उक्त सवारी साधन प्रतिबन्धित दल नेकपा माओवादी विप्लव समूहले आगजनी गरेको हुन सक्ने बताए ।

‘बाईक घरमा राखेर सुतेको थिएँ, बिहान ४ बजेको आसपासमा आगलागी भयो । मसँग कसैले चन्दा माग्ने धम्की दिने त गरेको थिए,’ उनले भने, ‘केही महिना पहिले वडा कार्यालयमा विप्लवका कार्यकर्ता भन्नेहरुसँग केही भनाभन भएको थियो र नेपाल बन्दमा समेत वडा कार्यालयमा बम राख्ने कार्य भएको हुँदा विप्लव समूहले नै बाईकमा पनि आगजनी गरेजस्तो लाग्दछ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.