टाेखामा भेटियो सेताे काग ! कसरी हुन्छ काग सेताे ?

भदौ १७, काठमाडौं । कागलाई कालोबाहेकको रङमा कल्पना गर्नेहरु विरलै होलान्। हाम्रा वरपर पाइने काग निख्खर कालो र कालो खरानी रङकै हुने भएकाले पनि यीभन्दा पृथक रङका हुनसक्छन भन्ने नलागेको हो।

काठमाडौंको टोखामा सेतो काग भेटिएपछि चराविद्सँगै यसको अध्ययनमा लागेकाहरु छक्क परेका छन्। चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको हो।

टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ । स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन्। ‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमार श्रेष्ठले भने, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं।’

केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो। टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन । यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ। चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो। वंशाणुगत गुणमा अचानक आउने परिवर्तनलाई उत्परिवर्तन भनिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.