साविक विजेता जर्मनी मेक्सिकोसँग १–० ले पराजित

असार ३, काठमाडौं । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १–० ले पराजित भयो ।

मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरे । बलमा ६७ प्रतिशत नियन्त्रण राखेको जर्मनीले गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । जर्मनीले मेक्सिकोविरुद्ध २६ वटा सट प्रहार गरेको थियो । तीमध्ये ९ वटा गोलपोस्टकै दिशामा थिए । तर मेक्सिकोका गोलकिपर ओचावाले गोल हुनबाट जोगाए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.