प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनुहुने

भदौ १६, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कनुहुने भएको छ ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले टेलिफोनमा आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको जानकारी गराउनुभएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसँग टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै उपनेता नेम्वाङले भन्नुभयो, ‘मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ । उहाँले ठीक छ, राम्रो भइराखेको छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासा राख्नुभएको उल्लेख गर्दै उपनेता नेम्वाङ्ले भन्नुभयो, ‘मैले प्रतिपक्षसँग कुरा भइराखेको छु भनेँ । साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भइरहेको जानकारी गराएँ ।’ प्रधानमन्त्री ओलीले संसदमा रहेका विधेयकहरुका विषयमा समेत चासो राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
यही भदौ ५ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको एकदिन बिराएर गरिने प्लाज्मा फेरेसिस आज छैठौं पटक हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.