थाेरै नेपाली युवा मात्र जापानकाे राेजगारीमा जान पाउने

भदौ १६, काठमाडौं । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ। नेपालबाट सुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ। यसका लागि कात्तिकको दोस्रो साता परीक्षा गर्ने जनाएको छ।

‘कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले भने, ‘नेपालबाट कामदार लैजाने बारेमा जापान जान इच्छुक पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ।’

जापानले पाँच वर्षमा चार लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ। सरकारले बढी भन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्च स्तरको तालिम कार्यक्रमा सञ्चालन गनुर्नुपर्ने देखिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.