हाँडीगाउँ सांस्कृतिक सम्पदामा धनी – सत्यमोहन जोशी

भदौ १५, काठमाडौं । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमहोन जोशीले काठमाडौंको हाँडीगाउँ सांस्कृतिक सम्पदामा धनी रहेको बताएका छन् । शनिबार हाँडीगाउँको वृत्तचित्र  विमोचन तथा सम्मान कार्यक्रममा शताब्दी पुरुष जोशीले ऐतिहासिक ठाउँको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । ‘हाँडीगाउँ एतिहासिक ठाउँ हो’ जोशीले भने, साना साना कुराको संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा कांग्रेस नेता प्रकाश शरण महतले ऐतिहासिक नगरी हाँडीगाउँको पुरातात्विक सम्पदाको संरक्षण गर्न सबै एक हुनुपर्ने बताए । ‘सम्पदा संरक्षणमा स्थानीय तह सक्रिय हुनुपर्छ’ नेता महतले भने, हाँडीगाउालाई पर्यटकीय क्षेत्र बनाउनु पर्छ ।’ त्यस्तै कार्यक्रममा प्रदेश सांसद नारायण शिलवालले हाँडीगाउँ सभ्यताको केन्द्र रहेको बताएका छन् । हाँडीगाउँको एकीकृत विकासका लागि गुरुयोजना बनाएर काम गरिने उनले बताए । प्रदेश सरकारको बजेटमा हाँडीगाउँको सम्पदा पुननिर्माणको काम भइरहेको उनले बताए । सम्पदा निर्माणको काम यहि आर्थिक वर्षमा सकिने समेत उनले बताए ।

‘केही सम्पदाको निर्माणको काम सकिएको छ’ उनले भने, एकिकृत गुरुयोजना बनाएर हाँडीगाउँलाई समृद्ध बनाउनुपर्छ ।’  गोरखनाथ मठ सतल, मन मानेश्वरी मन्दिर कुमार कात्तिके मन्दिर द्योछें सतल र धन गणेश मन्दिरको निर्माणको काम भइरहेको उनले जानकारी दिए । वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डंगोलले वडाको सम्पदा संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेवार संस्कृतिका बाजा बजाउनेलाई सम्मान गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.