म्यानचेस्टर सिटीको शानदार जित

भदौ १५, एजेन्सी । प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।

सिटीलाई शानदार जित दिलाउनको लागि सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले समान १-१ गोल गरे । खेल सुरु भएको ७० सेकेन्डमा नै सिटीले अग्रता लिएको थियो । डेभिड सिल्भाको पासमा डि ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

४२ औँ मिनेटमा अगुएरोले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डि ब्रुएनको पासमा गोल गरेको थिए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । ५५ औं मिनेटमा अगुएरोले व्यक्तिगल दोस्रो गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाए । त्यसपछि बर्नार्डो सिल्भाले ७९ औं मिनेटमा गोल गर्दै टोलीलाई ४-० गाेल अन्तरले शानदार जित दिलाए ।

४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंकसहित सिटी शीर्षस्थानमा छ । अल्बियोनको ४ खेलमा ४ अंक छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.