ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

भदौ १५, रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर (वतन) खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ः४० बजे भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.