विमानस्थल स्तरोन्नति- दोस्रो चरणको काम सुरु
भदौ १५, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे स्तराेन्नतिकाे काम फेरि सुरु भएकाे । दाेस्राे चरणकाे काम सुरु भएसँगै आजदेबाट विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने विमानस्थल प्रशासनले जनाएकाे छ । दैनिक रातिदेखि बिहानसम्म उडान-अवतरण बन्द गरिने भएकाे हाे ।सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म विमानस्थल दैनिक ७ घण्टा बन्द गरिएकाे हाे । विमानस्थल जीर्ण हुँदै गएपछि मर्मत-सम्भार र स्तरोन्नतिकाे काम चरणबद्ध रुपमा भइरहेकाे छ । आजबाट दैनिक राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने जनाइएकाे छ ।
यसअघि, विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

