गोपीकृष्ण हलनजिकै धोवी खोलामा बस खस्दा ८ जना घाइते

भदौ १४, काठमाडौँ । काठमाडौको गोपीकृष्ण हलनजिकै धोवी खोलामा बस खसेको छ। शुक्रबार राति १० बजेतिर कपनतर्फ जादैँ गरेको बा ३ ख ३१२६ नम्बरको बस खोलामा खसेको हो ।

बस सहचालक सुजन भट्टराईले चलाएका थिए। सोलु घर भएका १८ वर्षका भट्टराईको हेल्पिङ हृयाण्ड अस्पताल चावहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ललितपुरको चापागाउँबाट कोन्ज्योसोम गाउँपालिका ३ दलचोकी जादैँ गरेको बा २ ख ३८९० नम्बरको पिकअप गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दुर्घटनामा दिपक सन्जेल (चालक), किस्मा सन्जेल, लालजित घिसिङ,विक्रम भुलुन, नविना घलान तामाङ,साविजि सन्जेल, सीता दाहाल, आयुषा दाहाल घाइते भएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.