नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु

भदौ १२, काठमाडौँ । आठ वर्ष पछि नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल सुरु भएको हो ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गर्नुभएको छ । दुई देशबीचको व्यापार मार्ग, निर्यात र आयातमा अनुदान एवं कर छुट तथा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट गरिने पहलमा छलफल हुनेछ ।

नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने ब्यापारबारे सुझाएका वस्तु किटेरै नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन २०१० मा काठमाडौमा भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.