अधिकांश भू–भागमा वर्षाको सम्भावना

भदौ १२, काठमाडाैँ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनरे र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको पूर्वी भाग नजिक रहेको न्यून चापीय रेखाका कारण आज देशैभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको हाे । महाशाखाका मौसमविद गङ्गा नगरकोटीले बताउनुभयो । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उहाँको भनाइ थियो । “उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद नगरकोटीले भन्नुभयो ।

देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भाबना छ । बताइएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.