आज नेपाल र भुटान भिड्दै, जिते नेपाल फाइनलमा पुग्ने

भदौ १२, काठमाडाैँ । भारतमा जारी पाचौं यु–१५ साफ च्याम्पियनसिप फुटबलमा आज भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

आज मध्यान्ह हुने खेलमा भुटानलाई हराएर जित्न सके नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गर्नेछ ।बलियो प्रतिद्वन्द्वी मानिएकाे बंगलादेशलाई पराजित गर्दै फाइनलको सम्भावना कायम राखेको नेपालका लागि भुटानविरुद्धको खेल निर्णायक हुनेछ । प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको भुटान विरुद्ध निश्चित जितको खोजीमा नेपाल हुनेछ । भुटानलाई पराजित गरे नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । प्रतियोगितामा भुटानले कुनै पनि खेल जितेको छैन । भुटानले नेपालाई पराजित गर्न सहज भने देखिँदैन ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.