८३ केजी रक्तचन्दनसहित बौद्धबाट दुई जना पक्राउ

भदौ १२, काठमाडौँ । रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र बौद्ध प्रहरीको सहयोगमा ८३ केजी रक्तचन्दनसहित बुधबार साँझ दुईजना पक्राउ परेका हुन्।पक्राउ पर्नेमा मुगुका ६० वर्षीय खेम्बु लामा र २० वर्षीय नोर्बुम लामा रहेका छन् । भारतबाट ल्याएर रक्तचन्दन नेपाल हुँदै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध रुपमा तिब्बत पैठारी हुने गरेको थियो।

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रक्तचन्दको ओसारपसार पनि बन्द प्राय थियो । तातोपानी नाका खुलेसँगै रक्तचन्दन तस्करी पनि सुरु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.