विद्यालय जाँदै गरेका ८ विद्यार्थी एक्कासी बेहोस

भदौ ११, बुटवल । पाल्पामा विद्यालय जाँदै गरेका विद्यार्थी एक्कासी बेहोस हुँदा एकका मृत्यु भएको छ । त्यसैगरी सात जना अझै बेहोस अवस्थामा रहेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन ।

उनी ट्युशन पढ्न विद्यालयमा जाँदै गर्दा विहान ८ तिर विद्यालय नजिकै पुग्दा बेहोस भएकी थीन । उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन । बेहोस भएकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको विद्यालय स्रोतले जनाएको छ ।

विद्यार्थीहरु बेहोस हुनुको कारण अझै खुल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पुष्प ज्ञवालीले जानकारी दिएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.