असार १, काठमाडौं । २०६८ साल चैतमा एसएलसी परीक्षा दिन जाँदा बैतडी जिल्लामा सामुहिक बलात्कारको शिकार भई मानसिक रोगि बनेकी बसन्ती बोहरा उर्फ पुजाले आफुलाई बिगत ८ बर्ष देखि संरक्षण दीइरहेको सस्था रक्षा नेपालले आफुलाई शोसन गरेको भनेर पत्रकार सम्मेलन गरेपछि एकाएक सामाजिक संजालमा भाइरल जस्तै बनेको रक्षा नेपाल र पुजा बोहराको विवादित बिषयमा महिला तथा बालबालिका मन्त्रालयले स्वकीय सचिब अन्जु ढुंगानाको संयोजकत्वमा जेठ १८ गते सुक्रबार ४ सदस्सीय छानबिन टोलि गठन गरेको थियो।
उक्त छानबिन टोलि कि संयोजक अन्जु ढुंगाना भन्नु हुन्छ ुुसन्चार माध्यम मार्फत पुजा बोहराले रक्षा नेपाल माथि लगाइएको आरोपको पुस्टि हुन नसकेपछि पुजा बोहराको सर्बोत्तम हित हुने गरिकन निर्णय गर्ने अबस्थामा मन्त्रालय पुग्यो र पुजा बोहरालाई बोलाएर छलफल गर्यो । जेठ २८ गते सोमबार पुजा बोहराले महिला मन्त्रि थममाया थापा ज्युको समक्ष आफुलाई जुन सस्थामा पठाए पनि जाने, आफ्नो पढाई सुचारु गर्ने प्रतिबद्धता दोहोर्याइन् । पुजाको त्यहि इच्क्षा अनुसार मन्त्रालयले सबै सघ सस्था संग छलफल गर्यो तर कुनै पनि सस्थाले यस्तो बिबादित महिला लाइ आफ्नो सस्थामा भित्र्याउन नसकिने जवाफ दिए पछि , मन्त्रालयको बिसेस आग्रह पछि रक्षा नेपाल र साथी सस्था पुजा लाइ सहयोग गर्न तयार भयो । यो कुराको जानकारी पुजा लाइ फोन मार्फत गराएर भोलिपल्ट जेठ २९ गते गते मंगलबारका दिन ११ बजे सबै जना भेट्ने सहमति अनुसार मन्त्रालयले सबै लाइ बोलायो ।
साथी सस्थाकी अध्यक उमा राज्य लक्ष्मी साह तथा उनको टिम, रक्षा नेपाल कि अध्यक्ष मेनुका थापा तथा उनको टिम र छानबिन समितिले पूर्व निर्धारित समय अनुसार नै ११ बजे मिटिंगमा बस्यो । पुजा बोहरा आइनन्, उनलाई सचिब अन्जु ढुंगानाले बार बार फोन सम्पर्क गरिन्। पहिले उनले आउदैछु बाटोमा छु भन्ने जवाफ दिएकि थिइन् तर १२ बजे पुन फोन गर्दा पुजा ले सचिब ढुंगानालाई ुु म पुतलीसडकमा मिटिंगमा छु, पर्सि बुवा लाइ लिएर आउछु भनि फोन काटीन्। उनको यस्तो व्यवहार बाट दुखि भएको छानबिन टोलिले बैतडीमा रहेका पुजाको बुवालाई तुरुन्तै फोन बाट सम्पर्क गर्यो र उनको बुवा बिरामी भएकोले पुजाको बहिनि फोन सम्पर्कमा आइन् र उनले छानबिन समितिका सदस्य लाई ‘बुवा सार्है बिरामी भएको कारणले काठमाडौँ आउन सक्नुहुन्न, र पुजा संग केहि कुरै भएको छैन भन्ने जवाफ दिईन्।’
पुजा बोहराको यस्तो क्रियाकलापबाट दुखि बनेको छानबिन टोलिले उनीमा मानसिक बिचलन देखिएको कारण तुरुन्तै उनलाई सुरक्षित स्थानमा राखी मनोपरामर्स थाल्नु पर्ने निष्कर्स निकाल्यो र साथी सस्थाको सेल्टरमा पठाउने तथा उनको पढाई लेखाई खर्च पुन रक्षा नेपालले नै व्यहोर्ने सहमतिमा हस्ताक्षर भयो। साथै उनलाई प्रदिप घिमिरेले आफ्नै कोठामा राखी कतै जान नदिएको र जानै परेमा आफुले मात्रै संगै लाने गरेकोले प्रदिप घिमिरे ले पुजा बोहरालाई प्रयोग गरेर आफ्नो कुन उदेस्य पुरा गर्दैछन् त्यो माथि छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गरि सकेको छानबिन समितिले जनाएको छ ।
