वर्तमान सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ – सभापति देउवा

भदौ ११, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् ।

नेपाल प्रेस यूनियनले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई ‘कम्युनिस्ट स्टेट’ बताउने खतरा बढेको बताएका हुन् । “यो सरकार कम्युनिस्ट सरकार होइन । यसले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्यो,” सरकारलाई प्रजातन्त्रविरोधी सरकारको संज्ञा दिँदै उनले भने । सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र वाक् स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए ।

“स्थायी प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो,” उनले भने, “सरकारले सबै क्षेत्रमा कब्जा गर्दै गएको अवस्था बन्दैछ । त्यस्तो अवस्थामा लड्नुपर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ भइसकेको पनि दाबी गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.