भदौ ११, काठमाडौं । कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ ।
नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताएको छ ।

