कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्दै

भदौ ११, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउसो २ बजे बस्दै छ । पार्टीका १३ भातृ संगठन मध्ये अधिकको समय अवधि सकिएपछि महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको एजेण्डा अनुरुप बैठक बस्न लागेको हो ।

अधिकांस भातृ संगठनको समय अवधि सकिएपछि ती सबै निष्कृय रहेकाले आजको बैठममा नेविसंघ लगायतका भातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन । जसमा मुख्य गरी नेविसंघलाई पुनर्जीवन दिने बारे छलफलको तयारी भएको बताइएकाे छ ।

नेविसंघको नेतृत्वका लागि ऋषिकेशजंग शाह (संस्थापन पक्ष), राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन । यो समस्या सवाधानको जिम्मा सभापति शेरबहादुर देउवा आफैंले लिएकाले केन्द्रीय समितिको बैठक सकिने वितिकै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.