भदौ ११, काठमाडौ । महानगरीय प्रहरी बृत्त लैनचौरले दुर्लभ बन्यजन्तु भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले काठमाण्डौ का।म।न।पा।२६ रानीबारीमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भई रहेको भन्ने बिशेष सुचना प्राप्त भए पछि बृत्तको टोलीले भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख डिएसपी सन्तोष राठौरका अनुसार पक्राउ पर्ने बिमल सोदेम्बा रहेका छन ।
डिएसपी राठौरले दुर्लभ बन्य जन्तु भालुको पित्त १७ ग्राम सहित पक्राउ परेका सोदेम्बालाई आवश्यक अनुसन्धान भई रहेको बताए ।

