राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किंदै

भदौ ८, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किंदै छ । मलेसियन लिग च्याम्पियन क्लब जोहोर डारुल टाजिमविरुद्धको मैत्रीपूर्ण खेलमा हार ब्यहोरेको टोली आज बेलुका स्वदेश फर्किन लागेको हो ।

अखिल नेपाल फुटबल संघका अनुसार टोली बेलुका ९ बजे काठमाडौं आइपुग्नेछ । नेपालले हिजो डारुलविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । सुजल श्रेष्ठको कप्तानीमा खेलेको टोलीले १ –० को हार ब्यहोरेको हो । कतारमा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा अपेक्षाकृत नतिजा भने ल्याउन सकेन ।

अब केही दिनको घरेलु अभ्यासपछि नेपालले छनोट यात्रा सुरु गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले कुवेतसँग खेल्नेछ । यस्तै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.