भदौ ९, काठमाडौं । ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । खेलकुदसँगै सामाजिक काम गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले स्वर्गिय दाहालको स्मृतिमा राष्ट्रिय खुल्ला पुरुष भलिबल आयोजना गर्ने भएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा भदौ २४ गतेबाट २८ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लबसहित १० टोली सहभागि हुने प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापाले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीेले ३ लाख रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुनेले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्ने अध्यक्ष थापाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार दिने बताएको आयोजकले स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार पाउने बताएको छ ।

