प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : मेटमणि चौधरी

जेठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौधरीले म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल पठाइन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई पनि जेल पठाउनुपर्ने तर्क गरेका छन्।

 

बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। बजेट विनियोजन सम्बन्धमा उनले असन्तुष्टि पोखेका छन्। आवश्यकताको प्राथमिकता निर्धारण गर्नुभन्दा मन्त्री–मन्त्रीको मिलेमतोमा आ–आफ्नो क्षेत्रमा बढी बजेट र योजना पार्नेलाई कारवाही गर्नुपर्ने उनले बताए। उनले भने, ‘म्याच फिक्सिङ गर्ने खेलाडीहरूको हातमा हतकडी लाग्छ, जेल जानुपर्छ, आज मन्त्रीहरूले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिरहनुभएको छ।

 

यस मानेमा म्याच फिक्सिङ गर्ने खेलाडीले जेल जानुपर्छ भने प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरू जेल जानु पर्छ कि पर्दैन ? जेल जानु पर्छ ।’  मन्त्रीहरूको प्रोग्राम फिक्सिङले मुलुकको सम्वृद्धिको बाटोलाई अवरोध सृजना गर्न सक्ने भन्दै उनले यस्ता मन्त्रीलाई जेल पठाउनुको विकल्प नरहेको तर्क गरे।  प्रतिनिधि सभाको अर्को बैठक असार ३ गते आइतबार बिहान ११ बजेका लागि लागि बोलाइएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.