गीतकार थापाको “हामी नेपाली सैनिक” सार्वजनिक

प्रारम्भ खबर ।
भदौ ९, काठमाडौँ । छोटो समयमा नै सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गीतकार तथा सर्जक सन्तोष जंग थापाले आफ्नो तेस्रो गीत “हामी नेपाली सैनिक” सद्भाव टि.भि. नेपाल मार्फत सार्वजनिक गरेका छन् । उक्त गीतमा शब्द सन्तोष जंग थापा, लय एकनारायण भण्डारी, स्वर चर्चित गायिका सम्झना भण्डारी र प्रकाश चुनाराको रहेको छ भने राज बस्न्यातको निर्देशन, देबेन्द्र कुँबरको कोरियोग्राफ रहेको छ यसै गरि अभिनयमा अभिनेत्री पनाह अधिकारी नृत्य महेन्द्र निरौला र स्वरुपा बलको रहेको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले बिश्वका बिभिन्न द्वन्दग्रस्त मुलुकमा शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापनाको लागि दिएको योगदानको बारे गितमा चर्चा गरिएको छ । यस गितमा एक सैनिक जवान शान्ति सैनिक छनौट त्यसपछि गर्नु पर्ने तालिम, द्वन्दग्रस्त मुलुकमा आफ्नो काम, कर्तब्य र जिम्मेवारी बारेमा गितकारले छोटो र मिठो तरिकाले प्रस्तुत गरेका छन् । साथै यो शान्ति सैनिक सम्बन्धी पहिलो लोक दोहोरी गित रहेको समेत गितकार थापाले दाबी गरे । करिब एक महिना अगाडी गितकार थापाले सार्बजनीक गरेको गित “थाहा छैन” ले छोटो समयमा नै अत्याधिक चर्चा कमाउन सफल भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.