भदौ ९, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालयको बैठक बसेको हो । यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्दथे ।
दाहालले पहिले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको भए पनि आज बिहान अचानक दुई घण्टा अघि नै बैठक डाकिएको हो । सचिवालयका सदस्य तथा सो पार्टीका नेता झलनाथ खनालले बैठकको एजेण्डा पार्टी एकीकरणकै विषय रहेको बताए ।

