जेठ ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको स्वागत गरेको छ।
काँग्रेस युवा नेता चन्द्र भण्डारीले चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने पनि स्पष्ट पारे। बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उने नेपाललाई नाकाबन्दीबाट मुक्त गराउने गरी चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए।
प्रधानमन्त्री ओली यही असार ५ गते चीन भ्रमणमा जाँदै छन्। नेता भण्डारीले चीनसँग लिपुलेकको विषयमा पनि कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए। चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाई छ। काँग्रेस नेता भण्डारीले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास समेत व्यक्त गरेका छन्।