गोकर्णेश्वरमा सांसद फुयाँलको उपहार – हेटौडाको अशोक वृक्ष

प्रारम्भ खबर ।
भदौ ७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित माकलबारीमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । माकलबारी–बाग्मति करिडोर क्षेत्र वृक्षरोपण तथा सरसफाई कार्यक्रम अन्र्तगत माकलबारी टोल सुधार समिति, विभिन्न सामाजिक संघसंस्था तथा समूहहरुको सहकार्यमा भएको कार्यक्रममा प्रदेश सांसद रामेश्वर फुयाँलले हेटौडाबाट ल्याएको अशोक वृक्षका दुई विरुवा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे र प्रतिनिधिसभा सांसद कृष्ण राईलाई उपहार दिएका हुन् ।

सांसद फुयाँलले कार्यक्रममा बोल्दै वृक्षरोपणले स्वच्छ वातावरण तथा सुन्दर नेपाल बनाउन सहयोग पु¥याउने भएकाले सबै नागरिकले माटो छुनुपर्ने बताएका छन् । माता पिताको नाममा विरुवा रोप्दा त्यसको माया अझा प्रगाढ हुने भएकाले हुर्काउन र संरक्षणमा सफल हुने सांसद फुयालको भनाई छ । सहरीकरण हुने ठाउँमा ५ फिट अग्लो रुख रोप्ने कार्यविधिअनुसार सबै नागरिकलले आफूभन्दा अग्लो रुख रोप्ने अभियानलाई निरन्तरता दिन आग्रह गरे । प्रत्येक वर्ष हरेक नागरिकले २ वटा रुख रोप्नुपर्ने र वृक्षरोपणलाई राष्ट्रिय अभियानको रुपमा मनाउनुपर्ने बताए । बोट विरुवाले सरसफाईमा सहयोग पु¥याउने, शौन्र्दय बढाउने, मानव जीवनको स्वासप्रश्वास प्रक्रियामा समेत सहयोग पु¥याउने भएकाले यस अभियानलाई नगर, प्रदेश र देशव्यापी लैजानुपर्ने बताए ।

त्यस्तै काठमाडौँ ३ का प्रतिनिधिसभा सांसद कृष्ण राईले क्षेत्र विकास र सरसफाईको पाटोलाई सकारात्मक दिशातर्फ लैजान वृक्षरोपण सहयोग पु¥याउने बताएका छन् । रुख बोटविरुवा भनेको मानव जातीलाई अक्सिजन उत्र्सजन गराउने विषय हो, यसलाई सामान्य रुपमा लिन नहुने सांसद राईको भनाई छ ।   उनले अक्सिन निकाल्ने कार्यमा वृक्षरोपणले गर्ने र सरसफाईसंग समेत जोडिएको विषय बनेकाले महत्वपूर्ण रहेको उल्लेख गरे ।वृक्षरोपण तथा सरसफाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले यसै वर्ष नगरपालिकामा वृक्षरोपणका लागि डेढ करोड बजेट छुट्याइएको बताएका छन् ।

वृक्षरोपण तथा सरसफाईमा सबैको प्रयासबाटमा सफल हुने बताउँदै प्रमुख चालिसेले नगरलाई सुन्दर र हरियाली स्वच्छ वातावरण बनाउन सबै जना लाग्न आग्रह गरे । कार्यक्रममा गोकर्णेश्वर नगरका उपमेयर शान्ति नेपाल, माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरिङ शेर्पा लगायतले विचार राखेका थिए । उक्त अभियानअन्र्तगत आज दुई सय रुद्राक्ष जातको बोट पनि रोपिएको सुधार समितिका अध्यक्ष शेर्पाले बताएका छन् ।

केही तस्बीरहरुः

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.