भदौ ६, काठमाडौं । विश्व सम्पदाको सुचीमा सुचिकृत बौद्धनाथ स्तूपभित्र आगजनी भएको छ । बत्ती बाल्ने घर (छ्योमे घर) मा विहिबार दिउँसो १ बजे आगजनी भएको हो ।
आगलागीबाट करिब ३ लाख बराबरको छ्योमे घिउ नष्ट भएको छ । पुरातत्विक मापदण्ड बिपरित विश्व सम्पदा छेत्रभित्र छ्योमे घर र टिनको अस्थायी टहरा बनाई बत्ति बाल्दै आईरहेको उक्त क्षेत्रमा लापरवाहीका कारण आगजानी भएको बताएको छ । अति संवेदनशील उक्त क्षेत्रमा तामाङ कल्याण गुठिले बत्ति बाल्दै आएको र त्यहाँबाट उठेका रकम समेत गुठीले नै लिने गरेको बताएको छ ।
बिगतमा पटक पटक स्थानीयबासीहरुले सरकार समक्ष टहरा हटाउन माग गर्दै आएपनि विगत ११ वर्षदेखि बत्ति बाल्दै एकाधिकार जमाउँदै आएको बौद्ध घ्याङ गुठीकोे आरोप छ । दैनिक ४ देखि ८ लाख सम्मको अम्दानी हुने गरे पनि कुनै आर्थिक रेकर्ड नरहेको स्थानीयले उनिहरुले बताएको छ । विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ क्षेत्रभित्र यस्ता संरचना हटाउन युनेस्कोले पटक पटक ताकेता गरेपनि अटेर हुदै आएको छ । बौद्धमा स्वतन्त्र तिब्बत गतिविधि बढाउन खुल्ला रुपमा अनधिकृत कार्य हुने गरेको बताइन्छ ।

