बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।
घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नन्बरको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा वडा नंं ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए। जीप कच्ची सडकबाट ४०० मिटर तल खसेको थियो।

