एनसेल लाभकरसम्बन्धी मुद्दाको फैसला आज

भदौ ५, काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर सम्बन्धी मुद्धाको फैसला बिहीबार सुनाउने भएको छ ।

गत साउन २१ गते नै निर्णय सुनाउने भनिएपनि भदौ ५ गते (आज) का लागि मिती सारेको थियो । यस मुद्दामा निर्णय सुनाउने भनिएको यो चौथो पटक हो । एनसेलले ठूला करदाता कार्यालय ललितपुर र कर अधिकृत ओमप्रकाश भट्टराईलाई विपक्षी बनाइ वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। एनसेल प्राइभेट लिमिटेडका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा। मनोजकुमार शर्मा रहेको पूर्ण इजलासमा सुनुवाइ भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

उक्त मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा जेठ २१ गते, असार १७, १८ र २२ गते सुनुवाइ भएको थियो। त्यसपछि साउन २१ गते मंगलबारका लागि तोकिएको पेशीमा सुनुवाइपछि फैसला हुनसक्ने अपेक्षा गरिएको थियो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान रहेको पूर्ण इजलासले २०७५ माघ २३ मा एनसेलबाट कर असुली गर्न निर्देशन दिएको थियो । ललितपुरस्थित ठूला करदाताको कार्यालयले तोकेको ६२ अर्ब ६३ करोड रुपैयाँ लाभकरमध्ये एनसेलले करिब ३९ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरेको थिएन । एनसेलले भने अब १४ अर्ब रुपैयाँ मात्रै लाभकर तिर्न बाँकी रहेको दावी गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.