भदौ ४, काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न शाह आजदेखि ९१ औं वर्षमा लागेकी छन् । अहिले विदेशमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले उनको जन्मोत्सवमा ट्विटर मार्फत् शुभकामना दिएका छन् ।
उनले शुभकामना सन्देशमा रत्नको असाधारण जीवन धेरै वर्षदेखि चम्किलो उदाहरण भएको जनाएका छन् । राजतन्त्र बिदा हुनुअघि तत्कालीन मुमा बडामहारानीको जन्मोत्सवको रुपमा बाल दिवससमेत मनाउने गरिएको थियो ।

