नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि

भदौ ४, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको बैठक आजबाट राजधानी काठमाडौंमा सुरू हुने भएको छ ।

होटल याक एन्ड यतीमा अपरान्ह ३ बजेबाट सुरु हुने बैठकको नेतृत्व दुई मुलुकका परराष्ट्रमन्त्रीहरूले गर्नेछन् । बैठकमा छलफलका लागि मुख्य पाँचवटा एजेन्डा तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शान्ति, सुरक्षा र सीमा, कनेक्टिभिटी र सहयोग, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत तथा कला, संस्कृति र शिक्षासम्बन्धी विषय समेटिएका छन्।

बैठकमा नेपालबाट ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिइएको छ। परराष्ट्र, रक्षा, ऊर्जा मन्त्रालयलगायत अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी हुनेछन्।

बैठकमा भारततर्फको नेतृत्व भारतीय विदेशमन्त्री एस जयशंकरले गर्नेछन्। बैठकमा सहभागी हुनको लागि विदेशमन्त्री शंकर आजै काठमाडौं आउँदैछन्। आयोगको बैठक यसअघि यो बैठक सन् २०१६ मा भारतमा भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.