‘म बिरामी अहिले होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ – प्रधानमन्त्री

भदौ ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहिवार )सिंगापुर जान लागेको जानकारी गराएका छन्।

संविधान दिवसको तयारीका लागि गृहमन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’

भोलि उपचारको लागि सिङ्गापुर जान लागे भए पनि आफू बिरामी नभएको बताए । उनले भने, ‘म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्केका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.