भदौ ४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मीरको अवस्था विस्फोटक रहेको जनाउँदै फेरि मध्यस्थताको प्रस्ताव राखेका छन् । मंगलबार वाशिङटनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो हप्ताको अन्त्यमा भारतका प्रधामन्त्री नरेन्द्र मोदीसँग फ्रान्समा हुने वार्ताका क्रममा यसबारेमा पनि आफूले कुरा गर्ने जनाएका छन् ।
उनले सो अवसरमा काश्मीर एक जटिल समस्या भएको उल्लेख गर्दै भनेका छन्,‘‘ त्यहाँ हिन्दू पनि छन् । मुसलमान पनि छन् । त्यति मिलजुल छ भन्न सकिँदैन ।’’ उनले भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधामन्त्री इमरान खानसँग आफ्नो राम्रो सम्बन्ध रहेको र नियमित सम्पर्कमा रहेको समेत जनाएका छन् ।
केही अघि पाकिस्तानका प्रधानमन्त्रीले अमेरिका भ्रमण गरेको समयमा पनि ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेकोमा त्यतिबेला भारतले आपत्ति जनाएको थियो । –बीबीसी

