प्रारम्भ खबर ।
भदौ २, काठमाडौँ । तराना कला केन्द्रले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ । केन्द्रको एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको छ ।
व्यक्तित्व विकास, कलाको माध्यमबाट समाज र राष्ट्रमा जिम्मेवारी बनाउने उद्देश्यसहित स्थापना गरिएको कला केन्द्रले विभिन्न विधामा तालिम प्रदान गर्दै नेपाली कला र संस्कृतिमा थप टेवा पु¥याउँदै आएको केन्द्रका सञ्चालिका बसन्ती लामाले बताईन् । कला केन्द्रले वर्षदिनको अवसर पारी कला क्षेत्र, सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियशिल व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको बताईन् । संघीय सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यता र प्रदेश सांसद रामेश्वर फुयाँलको विशेष आतिथ्यतामा समाजमा योगदान पु¥याएका तथा कलाको माध्यमबाट सामाजिक परिवर्तनमा सहयोग पु¥याउने व्यक्तित्वहरु सम्मानित भएको छ ।

नव कलाको प्रर्वद्धन तथा नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने अभिप्रयका साथ स्थापित कला केन्द्रले सवै उमेर समूहका व्यक्तिहरुलाई विभिन्न विधामा प्रशिक्षण गराउँदै आईरहेको सञ्चालिका बसन्ती लामाले बताईन् । उक्त कार्यक्रममा तीजको शुभकामना तथा साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

